तपाईं हाम्रो जिन्दगी बदल्ने साधारण यथार्थपरक भनाइ हरु
सन्सार अचम्मको छ, गरिबलाई के खाएर भोक जाला भन्ने चिन्ता छ, धनीलाई के खादा भोक लाग्ला भन्ने चिन्ता छ । युवाको चिन्ता के गरौं समय नै मिल्दैन, बुढाको चिन्ता के गरेर समय निकालौ ।
सन्सारमा कोहिपनी सन्तुष्ट छैन, गरिब धनी बन्न चाहन्छ, धनी सुन्दर बन्न चाहन्छ, अविवाहित बिबाह गर्न चाहन्छ, बिबाहित एकान्तमा बस्न चाहन्छ ।
हास्नु पुन्य हो- हसाउनु परमपुन्य हो, जब तपाई हास्नुहुन्छ तपाई भगवानसङ प्रार्थना गर्नुहुन्छ तर जब तपाईं असाय, दुखी-गरिबलाई हसाउनु हुन्छ भगवान तपाइको लागि प्रार्थना गर्नुहुन्छ ।
रुनलाइ आँसु चाहिन्छ हास्नलाइ त्यो पनि चाहिदैन तर पनि हामी किन हास्न सक्दैनौं ।
कसैले सोध्यो सुखी जिबनको राज के हो भनेर ? म भने सुखी जिबन त्यो हो जुन हरेक दिन यसरी बिताउन सकौ कि रातमा सुत्दा आनन्दको निद सुत्न सकौ र बिहान कसैलाई मुख देखाउन लाज मान्नु नपरोस् । जवानी यस्तो बनाउ कि बुधेसकालमा पछुताउनु नपरोस्, बुधेसकाल येस्तो बनाउ कि कसैको अगाडि हात फैलाउन नपरोस् ।
हामी ३कुरा सधैं सम्झने गरौं ! कसैलाई हदभन्दा बढी मन नदिउ, कसैसँग हदभन्दा बढी आसा नगरौं, र अरुले के भन्लान् भनेर तेति धेरै प्रवाह नगरौं ! यी ३कुरा जिबनमा उतार्यौ भने कहिले दुखी हुन पर्दैन ।
भाँडो खाली छ भन्दैमा यो नसम्झिनुस कि माग्न आएको भनेर, सबै बाँडेर आएको पनि हुनसक्छ ।
एक समय थियो मन्त्रले काम गर्दथे, त्यसपछि समय आयो जसमा तन्त्र काम गर्दथ्यो, त्यसपछि समय आयो यन्त्र काम गर्ने, अहिले यस्तो समय आयो जहाँ षड्यन्त्रले काम गर्दछ्न ।
"भनिन्छ जब सत्य घरबाट बाहिर निस्कन्छ त्यतिबेलासम्म झुटले सन्सार घुमिसकेको हुन्छ ।"
सफलता तपाईंसंग ५ चिज माग्दछ , मेहनत, संघर्ष, बलिदान, प्रतीक्षा र आफैमाथी बिश्वास ।
फुलको सुगन्ध मात्र हावाको दिशामा फैलिन्छ तर एक राम्रो ब्याक्तीको ब्याक्तित्व हरेक दिशामा फैलिन्छ ।
आमा बाबुको आवश्यकता जति हामीलाई वालापनमा हुन्छ त्यतिनै उनिहरुलाइ जरुरत बुढेसकालमा हुन्छ ।
हाम्रो आखाले सन्सारको हरेक चिज देख्दछ तर केही सानो कुरा हाम्रो आखामा पर्दछ उसैलाई देख्न सक्दैन , ठिक यसरी नै मानिस अरुको हरेक नराम्रो देख्दछ तर आफुभित्र बसेको खराब बानी उसैलाई देखिदैन ।
मेहनत सिढीको जस्तो हुन्छ तर भाग्य लिफ्टको जस्तो, कुनैदिन लिफ्ट त बन्द हुन सक्छ सिढी मात्र उचाई तर्फ लिएर जान्छ ।
काँडा त नामबाटैै बदनाम छ तर घोच्न त बोलिले पनि घोच्दछ । माटोको भाडा र परिवारको मुल्य बनाउने लाई मात्रै थाहा हुन्छ तोडने लाई होइन, ।
अप्ठ्यारो समयमा काधमा राखेको हात सफलतामा बजाइने ताली भन्दा महत्त्वपूर्ण हुन्छ ।
एउटा माटोको मुर्ति बनाउने वाला भगवानसंग भन्छ, "हे भगवान तपाईं पनि एक कलाकार म पनि एक कलाकार हौ तपाईं असंख्य म जस्तो पुत्ला बनाएर यो सन्सारमा छोडनुभएको छ र म पनि तपाईं जस्तो असंख्य मुर्ति बनाएर यो धर्तिमा बेचेको छु, तर भगवान मलाई त्यो समय लाज लाग्छ/ दुःख लाग्छ कि तपाईं बनाएको मुर्ति आपसमा लड्कछ्न र मैले बनाएको पुत्लाको अगाडी तपाइकै पुत्लाहरु सिर निहुराउछ्न ।
यदि कोहि हाम्रो भावनाको मुल्य कम सम्झिन्छन तब चिन्ता नगरौ किन कि कवाडीको ब्यापारीलाई हिराको मुल्य थाहा हुदैन ।
औसधि गोजीमा होइन शरीरमा गयो भने असर हुन्छ, तेस्तै कुनै राम्रो बिचार र ज्ञान मोबाइल या कापीमा होइन हिर्दयमा लिउ तब जिबन सफल हुन्छ ।
हिन्दा ठक्कर खाएनौ भने कसरी थाहा पाउने जमीनको महत्त्व तेस्तै गलत मान्छेसंग धोका खाइएन भने कहाँ थाहा हुन्छ को सहि को गलत भन्ने ।
सल्लाहको १०० सब्द भन्दा अनुभवको १ धक्का मानिसलाई धेरै परिपक्व बनाउछ।
जसको मनको भाब स्वच्छ हुन्छ उसको हरेक काम राम्रो हुन्छ, ऐले एस्तो जमाना छ जो खराब छ उसको समय राम्रो चल्दै छ जो मान्छे राम्रो हुन उनको समय खराव छ।
कसैको मनमा ठेस दिएर माफी माग्न धेरै सजिलो छ तर चोट खाएर कसैलाई माफ गर्न धेरै गाह्रो हुन्छ।
बिज्ञान भन्छ जिब्रोमा लागेको चोट छिटो ठिक हुन्छ, ज्ञान भन्छ जिब्रोले या बचनले दिएको चोट कहिल्यै ठिक हुदैन ।
जीवनका केही सम्बन्ध यस्ता हुन्छन् जुन कुनै पद या प्रतिष्ठानसंग तुलना गर्ने खालको हुदैन जुन बिश्वासमा टीकेको हुन्छ ।
प्रणाम प्रेम हो, प्रणाम अनुशासन हो, प्रणाम सितलता हो।, प्रणाम आदर सिकाउछ, प्रणाम रीस हरण गर्दछ,। आँसु धोइदिन्छ, शुविचार आउछ प्रणाम बाट। प्रणाम झुक्न सिकाउछ, प्रणाम अहंकार मेटिदिन्छ यसैले प्रणाम हाम्रो सस्कृती हो।
भाग्य र झुट सङ जति धेरै आस गर्छौ त्यो त्यति नै धेरै निराश गर्दछ, लगाब र सत्यतासंग जति धेरै बिश्वास गर्छौ तब हामी सोचेभन्दा पनि बढी फाइदा पाँउछौ।
यदि मानिस शिक्षा भन्दा पहिले "सँस्कार", ब्यापारभन्दा पहिले "व्यबहार" र भगवान भन्दापहिले "बाआमा" लाई चिन्दछ भने सायदै कुनै अप्ठ्यारो मा पर्दैन ।
सम्बन्ध बढाउन तेति सजिलो कुरा होइन, सबै दु:ख आफै सहनुपर्छ अरुलाइ खुसी र सूखी राख्नको लागि ।
सन्सारमा राम्रो कामको भन्दा बुराइको हल्ला धेरै छिटो हुने गर्दछ।
जो गल्ती स्विकार्दै सुधार्ने प्रयास गर्छ त्यो सफलता तिर लम्किन्छ । गल्तीलाई नै सहि बनाउन खोज्दछ उ सधै पछि पर्दछ।
🙏🙏🙏

Comments
Post a Comment