what is life (साच्चिकै जिबन के हो)
जीवन एउटा यात्रा हो हामी एक यात्री हौं । हामी यात्रामा जति अगाडी बढ्छैा त्यतिनै चुनौती र सफलता भेट्दैै जान्छौं, जिबन एक गन्तव्य हो जुन अन्तिम सास, अन्तिम ढुकढुकि चलुन्जेल निरन्तर अघि बढीरहन्छ।
जीवन हामी जसरी सोचछौं त्यसमा निर्भर पर्दछ। हामी वर्तमान लाई हाम्रो जीवन सम्झिने गरौं भुतमान बाट पाठ सिकौं र भबिस्यलाई एउटा लक्ष्य बनाएर अघि बढाउ।
हामिले गर्दै गरेको एकैपटक सफल भएन भने मन खिन्न पार्छौ, दोस्रोपटक प्रयास गर्छौ, त्यो पटक पनि भएन भने 'ओहो हुँदैन जस्तो पो छ है' भनेर हरेस खान थाल्छौ, अब तेस्रोपटक अर्थात अन्तिम पटक प्रयास गर्छौ, त्यो बेला पनि भएन भने त्यो कामलाई नै त्यागी दिन्छौं या बन्द गर्छौ।
यहाँ सफलता जस्तो कुरा एकै पटकमा पाइन्छ भगवानले पनि हाम्रो परिक्षा लिरहेको हुनुहुन्छ यो मान्छे सफलताको लायक छ कि छैन भनेर, एउटा मूर्तिलाई हेरौं हजारौं पटक छिनो र हतौडाले हानेर(कुटाइ खाएर) मात्रै बनेको हुन्छ, घरमा भएको खुकुरीलाई नै हेरौं या त गरगहना लाई हेरौं कति पटक पिटाइ खाएर बनेको हुन्छ?
हामी त सफलताको प्यासी मान्छे हो सजिलो र छिटोछरितो हुनै सक्दैन ।
जीवन के हो झमक कुमारीलाई सोधौ
जिबन के हो सृष्टि केसिलाइ सोधौ
जीवन के हो Nic Vujicic लाई सोधौ।
जसको हातनै छैन,
जसको आँखानै छैन,
जसको हातखुट्टा नै छैन।
के अझै हामी आफुलाइ गरिब सोच्छौँ?
के अझै हामी आफुलाइ अभागी सोच्छौँ?
के अझै हामी आफैलाइ कम्जोर सोच्छौँ?
Thomas Alva Edison लाई बल्ब को आविष्कार गर्दा 999 पटक फेल भएर 10 हजार पटकमा सफलता पाएका थिए के उनलेे हार मानेको भए ऐले को उज्यालो सन्सारको श्रेय उनले पाउथे होला!
KFC का मालिक Colonel Harland Sanders ले 75/80 बर्षको उमेरमा सफलता पाएका थिए, अब आफ्नो उमेर हेरौं त्यति बुढो त पक्कै भएका छैनौं ।
तसर्थ परिस्थिति जस्तोसुकै होस मनस्थिति चाहिँ सहि ठाँउमा हुनुपर्दो रहेछ ।
आजभोलि टेन्सन, डीप्रेसन, बाट कैयौं मान्छेले आफैले आफुलाइ कमजोर बनाएका छ्न आत्महत्या गरिरहेका छन के मर्नु समस्याको समाधान हो त ?
यो कदापी हुनसक्दैन
यो सबै समस्या बाट जुधेर जिउने जीवन नै साच्चिकै जिन्दगी(life) हो💃

Comments
Post a Comment