सबैभन्दा महत्त्वपूर्ण उपहार जो हामी सबै सङ छ।
सबैभन्दा महान उपहार (The greatest gift) सन्सारका सबै प्राणी मध्य मानव नै सबैभन्दा शारीरिक रुपले असक्षम छ । मान्छे चरा जस्तै उड्न, चितुवा जस्तो छिटो दगुर्न, गोही जस्तो पौडीन, बाँदर जस्तो रुख चढ्न सक्दैन । मान्छेसंग चिलका जस्ता तिखा अँखा, बाघका जस्ता दह्रा दाँत पनि छैनन् । शारीरिक रुपमा मानिस असहाय र लाचार छ । एउटा शुछ्म किराले पनि मानिसलाई मार्न सक्छ । तर प्रकृति दयालु र समझदार छ । प्रकृतिले मानवलाई दिएको सबैभन्दा ठुलो उपहार सोच्न सक्ने क्षमता हो मानिसले बाताबरणलाई आफू सुहाउँदो बनाउन सक्छ तर जनावरले बाताबरण अनुसार आफुलाइ परिवर्तन गर्नुपर्छ । यो दुखलाग्दो कुरा हो थोरै मान्छेहरु मात्रै सबैभन्दा ठुलो उपहार "सोच्न सक्ने क्षमता" भएका हुन्छन् । यस्ता मानिस दुई प्रकारका हुन्छन् केही मानिसहरू नसोचिकन गर्छन्, केही सोच्छन तर कहिल्यै व्यबहारमा लागू गर्दैनन् । सोच्ने क्षमता प्रयोग नगरीकनै जिबन बिताउनु भनेको लक्ष्यबिनै बाण प्रहार गर्नु जस्तै हो। जिबन एउटा तेस्तो रेस्टुरेन्ट जस्तै छ , जसमा आफैले सबथोक गर्नुपर्छ। त्यहाँ हामी प्लेट उठाउछौं खानाको छनोट गर्छौं ...